सरकारी छाप र दस्तखत किर्ते गरेर मोटरसाइलक चोरी गर्ने गिरोह नै प्रहरीको फन्दामा
बुटवल । दाङको तुलसीपुर क्षेत्रमा सरकारी छाप र दस्तखत किर्ते गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ, तुलसीपुरबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नं ५ माछापुच्छ्रे टोलस्थित थारमारे भण्डारी होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा सल्यान बागचौर नगरपालिका वडा नं २ निवासी २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सरकारी छाप र दस्तखत कीर्ते गरी चोरीका मोटरसाइकल बेचबिखन भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । खानतलासीका क्रममा उनीहरूको साथबाट नक्कली छाप र विभिन्न सवारी दर्ता किताबहरू बरामद भएपछि प्रहरीले उनीहरूलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यलय दाडले जनाएको छ ।
बरामद गरिएका सामग्रीहरूमा बाप्र ०२९०४६ प ३३३२ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब १ थान, यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेत लेखिएको डिजिटल छाप – १ थान, रा २ प ३११५ नम्बरको सवारी दर्ता किताब – १ थान, बागमती प्रदेश ०२९०४५ प १७३० नम्बरको निलो रङ्गको यामाहा मोटरसाइकल – १ थान रहेको छ ।
पक्राउ परेका तीनै जनालाई दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण