मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

घरपालुवा कुकुरहरूको आयु बढाउने बन्यो औषधि, परीक्षण बाँकी

बिहीबार, ०३ वैशाख २०८३, १७ : १९
बिहीबार, ०३ वैशाख २०८३

एजेन्सी । विश्वभरका कम्पनीहरूले बुढ्यौली सुस्त बनाउने औषधि बनाउने आशमा अर्बौँ डलर लगानी गरिरहेका छन् ।

तर नियामक अनुमति लिन सबैले समस्या भोगिरहेका छन् । मान्छेमा यो प्रयोग सफल हुन दशकौँ लाग्न सक्छ, तर केही कम्पनीले यसमा ठुलै लगानी खन्याउने इच्छा देखाइरहेका छन् ।

यसैबिच बायोटेक नाम गरेको कम्पनीले कुकुरहरूको जैविक बुढ्यौली सुस्त बनाउन सक्ने नयाँ औषधि विकास गरेको दाबी गरेको छ । यो औषधिले घरपालुवा कुकुरहरूको जीवन केही वर्ष बढाउन सक्ने सम्भावना देखिएको छ । कम्पनीले विकास गरेको यो औषधि एलओवाई–००२ नाम गरेको चपाउने ट्याब्लेट हो, जुन विशेष गरी १० वर्षभन्दा माथिका र मध्यमदेखि ठुला आकारका कुकुरका लागि बनाइएको हो । 

यस औषधिले कुकुरको शरीरमा हुने आईजीएफ– १ नाम गरेको हर्माेनलाई लक्षित गर्छ, जसले वृद्धि र मेटाबोलिज्म नियन्त्रण गर्छ । तर उमेर बढेपछि यसको उच्च स्तरले कोशिकाको बुढ्यौली प्रक्रिया तीव्र बनाउन सक्छ । कम्पनीका अनुसार यो औषधिले आईजीएफ–१ को प्रभावलाई घटाएर कुकुरहरूको जैविक घडी सुस्त बनाउन मद्दत गर्छ, जसले बुढेसकालमा जीवनको गुणस्तर सुधार गर्न सक्छ ।

यो औषधिले अमेरिकी नियामक निकाय यूएफडीएबाट प्रारम्भिक सुरक्षासम्बन्धी स्वीकृति पाइसकेको छ, जसले बजार प्रवेशतर्फ महत्त्वपूर्ण चरण पार गरेको संकेत गर्छ । अब यसको प्रभावकारिता पुष्टि गर्ने अन्तिम ठुलो क्लिनिकल परीक्षण बाँकी छ । उक्त परीक्षण सफल भए कम्पनीले सन २०२७ सम्म यो औषधि बजारमा ल्याउने लक्ष्य राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप