दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
शुक्रबार, ०४ वैशाख २०८३, १० : ०५
सारांश
- नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न गठित निर्वाचन समितिले शुक्रबारका लागि बैठक बोलाएको छ।
- निर्वाचन समितिका संयोजक एवं सह-महामन्त्री प्रकाश स्नेहीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक आह्वान गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न गठित निर्वाचन समितिले शुक्रबार दलको बैठक बोलाएको छ।
सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समितिका संयोजक कांग्रेस सह महामन्त्री प्रकाश स्नेहीले बैठक बोलाएका हुन्।
कांग्रेस संसदीय दलको कार्यालयले पार्टीका प्रतिनिधि सभाका सांसदहरूलाई निर्वाचन समितिका संयोजकले बैठक आह्वान गरेको भन्दै सूचना पठाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण