अपडेट
एमाले र नेकपाका उम्मेदवारलाई भोट हाल्न कांग्रेसको सर्कुलर
शुक्रबार, ०४ वैशाख २०८३, १२ : २६
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधि सभाका दुई समितिका सभापतिमा एमाले र नेकपाका उम्मेदवारलाई भोट हाल्न आफ्ना सांसदहरूलाई सर्कुलर जारी गरेको छ।
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समितिमा सभापतिका लागि विभिन्न दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई भोट हाल्न नेपाली कांग्रेसले आन्तरिक सर्कुलर गरेको छ । पार्टी समितिमा रहेका आफ्ना सांसदहरूलाई सो सर्कुलर गरेको हो ।
शिक्षा समिति र संयुक्त समितिमा सभापतिका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ । शिक्षा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ओजस्वी शेरचन र एमालेका तर्फबाट गुरु बरालको उम्मेदवारी परेको छ।
यस्तै, संयुक्त समितिको सभापतिमा नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गणेश कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण