कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको रिटमा उपसभापति शर्माले गरे बहस(अपडेट)
सारांश
- नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको रिटमा उपसभापति विश्वप्रकाश शर्माले बहस गर्न पाएनन्।
- समय अभावका कारण शर्मालाई बहस गर्न नदिइएको हो।
- इजलासले आजै सो रिटमा फैसला सुनाउने तयारी गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा विश्वप्रकाश शर्माले सर्वोच्च अदालतमा बहस गरेका छन् । विशेष महाधिवेशनलाई पूर्ण रूपमा वैधानिक भएको उनले जिकिर गरेका छन् । उनले रिट खारेज गर्दै पार्टीलाई अगाडि बढ्न मार्गप्रशस्त गर्न अदालतसमक्ष आग्रह गरेका छन् ।
सर्वोच्चमा आफ्नो बहस प्रस्तुत गर्दै शर्माले नियमित महाधिवेशन घोषणा भइसके पनि विशेष महाधिवेशनको औचित्य समाप्त नहुने तर्क गरे । ’यो बाध्यकारी परिस्थिति थियो,’ उनले भने, ’महाधिवेशन प्रतिनिधिहरूको लिखित मागलाई कुनै बहानामा प्रयोजनहीन बनाउन मिल्दैन भन्ने नजिर सर्वोच्चले स्थापित गरेको छ ।
आजै फैसला सुनाउने तयारी इजलासले गरेको छ ।
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनले १४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको विषयलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको थियो ।
आयोगको त्यो निर्णयविरुद्ध देउवासहित उनको कार्यसमितिका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालतमा आधिकारिकता माग्दै रिट लिएर पुगेका थिए । त्यही रिटमा अहिले सुनुवाइ भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण