ट्राफिकले कार रोक्न खोज्दा दुर्घटना भएको भिडियो भाइरल : के भन्छ प्रहरी ?
सारांश
- काठमाडौँको बबरमहलमा ट्राफिक प्रहरीले रोक्न खोज्दा दुर्घटनामा परेको कारले यसअघि अर्को मोटरसाइकललाई ठक्कर दिएको खुलेको छ।
- ट्राफिक प्रहरीले कार चालकले मापसे गरेको र हिट एण्ड रनको घटनामा संलग्न रहेको पुष्टि गरेको छ।
- प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।
काठमाडौँ । काठमाडौँको बबरमहल सडक खण्डमा ट्राफिक प्रहरीले कार रोक्ने क्रममा सवारी साधन किनारामा ठोक्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटनाको वास्तविकताबारे स्पष्ट पारेको छ । प्रहरीका अनुसार उक्त कारले अर्को मोटरसाइकललाई ठक्कर दिएर फरार भइरहेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा दुर्घटना भएको हो ।
नयाँ वर्षको पहिलो दिन अर्थात् २०८३ वैशाख १ गते बानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा.प्र.०१-०२९ च ६९०१ नम्बरको निजी कारले बा.प्र.०२-०३७ प ०५६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको मौखिक उजुरी प्रहरीले प्राप्त गरेको थियो । हिट एण्ड रनको सूचना पाएलगत्तै बबरमहलमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले उक्त कारलाई रोक्न खोजेका थिए ।
प्रहरीले रोक्न खोज्दा कार चालकले गाडी रोक्नुको साटो अनियन्त्रित र जबरजस्ती तरिकाले अगाडि बढाउन खोजेका थिए । सोही क्रममा कार सडकको किनारामा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ । तत्कालै प्रहरीले चालकलाई बाहिर निकाली चेकजाँच गर्दा उनले मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको थियो ।
प्रहरीले मापसे गरेर सवारी चलाउने र अर्को सवारीलाई ठक्कर दिएर भाग्ने ती चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण