नाइजेरियामा अपहरणमा परेका पीडितहरूको उद्धार
नाइजेरियाको मध्य बेन्यु राज्यमा बुधवार अपहरणमा परेका १४ जना मध्ये धेरैलाई उद्धार गरिएको स्थानीय प्रहरीले जनाएको छ ।
नाइजेरियामा उत्तरी भागमा फिरौतीका लागि अपहरणजन्य घटनाहरु बढेको जनाइएको छ भने लामो समय देखि देशले यस्ता आक्रमणको निरन्तर सामना गरिरहेको छ ।
यस्ता आक्रमणहरू आपराधिक गिरोहहरू र जिहादीहरूद्वारा गर्ने गरिएको जनाइएको छ ।
बेन्यु राज्यमा मुस्लिम फुलानी गोठालाहरू र मुख्यतया इसाई किसानहरू बिच भूमि र प्राकृतिक स्रोतहरूलाई लिएर नियमित रूपमा तनावको सामना गर्नुपरेको छ ।
प्रहरी र अन्य सुरक्षा निकायहरूद्वारा सञ्चालित संयुक्त सुरक्षा कारबाहीमा, कार्यकर्ताहरूले आमला वन र छेउछाउका क्षेत्रहरूमा लक्षित खोजी र उद्धार अभियान सञ्चालन गरिरहेका बेन्यु राज्य प्रहरी प्रवक्ता उडेमे एडेटले विज्ञप्ति मार्फत जनाएका छन् ।
अपरेसनले केही पीडितहरूको सफल उद्धार गरी हाल चिकित्सा उपचारमा रहेको जनाइएको छ । प्रवत्ताले उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्या निर्दिष्ट नगरी सात जना संदिग्धलाई पनि पक्राउ गरिएको बताए ।
अपहरण गरिएका व्यक्तिहरू मकुर्दी सहर जाने बसका यात्रुहरू रहेको प्रहरीले पुष्टि पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण