कांग्रेसद्वारा संविधान संशोधनका विषयमा अध्ययन गर्न गठित सुझाव समितिलाई पूर्णता
सारांश
- नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गर्न गठित विज्ञ समितिलाई पूर्णता दिएको छ।
- पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा १६ सदस्यीय संविधान संशोधन अध्ययन तथा सुझाव समिति गठन भएको छ।
- संविधानको गतिशीलता र अभ्यासका क्रममा देखिएका समस्या सम्बोधन गर्न समितिले काम गर्नेछ।
काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा १६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन गरिएको हो।
पार्टी केन्द्रीय कार्यसमितिको गत चैत ११ गतेको निर्णयअनुसार गठित समितिमा वरिष्ठ अधिवक्ताहरू र कानुनविद्हरूलाई समेटिएको छ।
समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम के।सी। र ललितकुमार बस्नेत सदस्य रहेका छन्।
त्यस्तै, अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक सदस्य रहेका छन् भने सदस्य सचिवको जिम्मेवारी अधिवक्ता राजु कटुवाललाई दिइएको छ।
कांग्रेसले संविधान जारी भएको १० वर्ष पुगेको सन्दर्भमा यसको गतिशीलता र अभ्यासका क्रममा देखिएका समस्यालाई सम्बोधन गर्न यो पहलकदमी लिएको जनाएको छ।
प्रेस विज्ञप्ति :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
-
विश्वकपका खेल हेरेर ५० हजार डलर कमाउने दुई भाग्यमानी फुटबल फ्यान
-
मेक्सिको–चेक गणतन्त्र र दक्षिण अफ्रिका–दक्षिण कोरियाबिचको पहिलो हाफ गोलरहित
-
एलन मस्कले गुमाए 'ट्रिलियनेयर' को हैसियत
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
-
भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण