गुण्डागर्दीमा संलग्न निराजन पौडेलको पक्राउ शृङ्खला
सारांश
- गुण्डागर्दीमा संलग्न निराजन पौडेललाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
- पौडेल मिलन चक्रे समूहमा आबद्ध रहेको र उनीविरुद्ध यसअघि नै ६ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
काठमाडौँ । गुण्डागर्दीमा संलग्न निरे भनेर चिनिने निराजन पौडेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेल मिलन चक्रे समूहमा आबद्ध रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मिलन गुरुङ (मिलन चक्रे) गोरखा क्षेत्र नम्बर–२ को उम्मेदवार थिए । नेकपा (एमाले)बाट चुनाव लडेका चक्रेको जमानत जफत भएको थियो । चक्रेले निराजन पौडेलमार्फत आर्थिक कारोबार गर्ने गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए ।
वैशाख ३ मा पक्राउ परेका पौडेलमाथि यसअघि ६ वटा मुद्दामा अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । भट्टराईले भने, ‘पौडेलमाथि अनुसन्धान भइरहेको छ ।’
पौडेलले आफू पछिल्लो समय ठेक्कापट्टामा आबद्ध रहेको प्रहरी अधिकृतहरूसँग बताएका छन् । यसअघि उनी विरूद्ध हातहतियार, ज्यान मार्ने उद्योग र अभद्र व्यवहार सम्बन्धी ६ वटा मुद्दा दर्ता भएको थियो । अहिले उनी सातौँ मुद्दामा पक्राउ परेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण