गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ
आइतबार, ०६ वैशाख २०८३, १० : ३०
सारांश
- काठमाडौँ प्रहरीले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा निराजन पौडेललाई पक्राउ गरेको छ।
- पौडेलमाथि विगतमा हातहतियार, ज्यान मार्ने उद्योग र अभद्र व्यवहारसम्बन्धी ६ वटा मुद्दा दर्ता भएका छन्।
काठमाडौँ । गुण्डागर्दीमा संलग्न आरोपमा प्रहरीले निरे भनेर चिनिने निराजन पौडेललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई वैशाख ३ मा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । भट्टराईले भने, ‘पौडेलमाथि अनुसन्धान भइरहेको छ ।’
पछिल्लो समय ठेक्कापट्टा गर्दै आएका पौडेल मिलन चक्रे समूहमा रहेर गुण्डागर्दीमा संलग्न रहेको आरोप छ । यसअघि उनीविरुद्ध हातहतियार, ज्यान मार्ने उ्रद्योग र अभद्र व्यवहार सम्बन्धी ६ वटा मुद्दा दर्ता भएको थियो । अहिले उनी सातौँ मुद्दामा पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण