बुटवलमा फुटपाथ व्यवसायीमाथि भएको दमनको प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा विरोध
सारांश
- बुटवल उप-महानगरपालिकाले फुटपाथ व्यवसायीमाथि गरेको दमन र सामान लुटपाटको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ।
- पार्टीले नगर प्रहरीको ज्यादती रोक्न, लुटिएका सामान फिर्ता गर्न र दोषी कर्मचारीलाई कारवाही गर्न माग गरेको छ।
- व्यवसायीका लागि उचित स्थानको व्यवस्थापन गर्न र माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी पार्टीले दिएको छ।
बुटवल । बुटवल उप-महानगरपालिकाले फुटपाथ हटाउने बहानामा व्यवसायीमाथि गरेको दमन र सामान लुटपाटको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टी, रुपन्देहीले कडा आपत्ति जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार बन्जाडेद्वारा जारी विज्ञप्तिमा, नगरको सौन्दर्यकरण गर्ने काम सकारात्मक भए पनि अमरपथ लगायतका क्षेत्रमा नगर प्रहरीले व्यवसायीलाई हातपात गर्ने, पसलभित्रै पसेर सामान लैजाने र कुटपिट गर्ने जस्ता कार्य निन्दनीय भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, 'प्रशासन दादागिरीबाट चल्दैन, सभ्यता र धैर्यताबाट समस्याको समाधान खोजिनुपर्छ ।' पार्टीले लुटिएका सामान तत्काल फिर्ता गर्न र दोषी कर्मचारीमाथि कारवाही गर्न माग गरेको छ ।
साथै, फुटपाथ व्यवसायीका लागि निश्चित ठाउँ निर्धारण गरी व्यवसाय गर्ने वातावरण मिलाउन र ई-रिक्सा चालकहरूको मागलाई पनि तत्काल सम्बोधन गर्न नगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।
माग पूरा नभए र अराजकता नरोकिए जनताको आन्दोलनमा पार्टीले पूर्ण समर्थन गर्ने चेतावनी अध्यक्ष बन्जाडेले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण