शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेस संसदीय दलको नेताको निर्वाचन ११ गते

सोमबार, ०७ वैशाख २०८३, १८ : ४५
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते हुने भएको छ।
  • निर्वाचन समितिले कार्यतालिका प्रकाशन गरी ९ गते दलको विधान संशोधन गर्ने तयारी गरेको छ।

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते हुने भएको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारी गरेको हो । 

निर्वाचन समितिकी सदस्य कांग्रेस केन्द्रीय सदस्य मुना भुसालले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारीमा आफूहरू जुटेको जानकारी दिइन् ।

‘आज तालिका प्रकाशन गर्छौँ, ११ गते निर्वाचन गर्ने गरी,’ भुसालले रातोपाटीसँग भनिन्, ‘कार्यतालिकामा ९ गते दलको विधान संशोधनबारे ९ गते नै संशोधित विधानबारे छलफल गरेर पारित गर्ने र ११ गते निर्वाचन गर्ने गरी कार्यतालिका आउँछ ।’

प्रतिनिधिसभाका कांग्रेसका ३८ सांसद छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलले दलको नेता चयन गरे पनि कांग्रेसले चयन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । 

कांग्रेसमा दलको नेता बन्न भीष्मराज आङदेम्बे, अर्जुननरसिंह केसीसहितका नेताहरू आकाङ्क्षी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप