सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

ठमेलमा पर्यटकको आइफोन लुटेको आरोपमा ३ जना पक्राउ

सोमबार, ०७ वैशाख २०८३, १६ : २५
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • काठमाडौँको ठमेलमा विदेशी पर्यटकको आइफोन लुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
  • शनिबार राति जर्मन नागरिकको मोबाइल लुटिरहेको सीसीटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो।

काठमाडौँ । काठमाडौँको ठमेलमा विदेशी पर्यटकको आइफोन लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । शनिबार ३ जना मिलेर विदेशी पर्यटकको आइफोन लुटेको सीसीटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  

आरोपीहरूले मध्यराति ११ बजेतिर ठमेलको भगवान् बहालमा जर्मन नागरिकको साथबाट आइफोन लुटेका हुन् । लुटमा संलग्न आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए । उनले भने– ‘३ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएका छौँ ।’ 

पक्राउ पर्नेमा गोरखा अजिरकोट घर भएर चमती बस्ने साजन परियार, धादिङ त्रिपुरासुन्दरी घर भएर चमती बस्दै आएका दीपेश परियार र बाराको निजगढ घर भएर काठमाडौँ बस्ने रचित चौधरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप