ठमेलमा पर्यटकको आइफोन लुटेको आरोपमा ३ जना पक्राउ
सोमबार, ०७ वैशाख २०८३, १६ : २५
सारांश
- काठमाडौँको ठमेलमा विदेशी पर्यटकको आइफोन लुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
- शनिबार राति जर्मन नागरिकको मोबाइल लुटिरहेको सीसीटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो।
काठमाडौँ । काठमाडौँको ठमेलमा विदेशी पर्यटकको आइफोन लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । शनिबार ३ जना मिलेर विदेशी पर्यटकको आइफोन लुटेको सीसीटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
आरोपीहरूले मध्यराति ११ बजेतिर ठमेलको भगवान् बहालमा जर्मन नागरिकको साथबाट आइफोन लुटेका हुन् । लुटमा संलग्न आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए । उनले भने– ‘३ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएका छौँ ।’
पक्राउ पर्नेमा गोरखा अजिरकोट घर भएर चमती बस्ने साजन परियार, धादिङ त्रिपुरासुन्दरी घर भएर चमती बस्दै आएका दीपेश परियार र बाराको निजगढ घर भएर काठमाडौँ बस्ने रचित चौधरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण