शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

यस्तो छ कांग्रेस दलको नेता निर्वाचन गर्ने कार्यतालिका

सोमबार, ०७ वैशाख २०८३, १७ : १७
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ ।  कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिले सोमबार निर्वाचन कार्य तालिका सार्वजनिक गरेको हो ।

कार्य तालिका अनुसार वैशाख ९ गते विधान तथा निर्वाचन निर्देशिका सम्बन्धी छलफल, १० गते १ बजे मतदाता नामावली प्रकाशन, १ः ३० बजे दाबी विरोध, १ः ४५ बजे दाबी विरोध उपर जाँचबुझ, २ बजे अन्तिम नामावली प्रकाशित गरिनेछ । 

वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारीका लागि दरखास्त, १२ः १० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरिने जनाइएको छ ।

त्यस्तै दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने कार्यतालिकामा जनाइएको छ । 

यस्तो छ निर्वाचन कार्यतालिका 

670440201_1664338797896980_4725424283807454435_n668849748_34776558515324881_7612752450691985114_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप