शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सल्यानको बनगाड कुपिण्डेमा आगलागी हुँदा ३ घर र एक गोठ जले

सोमबार, ०७ वैशाख २०८३, १८ : १२
सोमबार, ०७ वैशाख २०८३

सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिका—१० खानीगाउँमा आगलागी हुँदा तीन वटा घर र एउटा गोठ जलेको छ ।

सोमबार दिउँसो साढे १ बजेतिर स्थानीय ६५ वर्षीय तेज बहादुर पुनको गोठमा अचानक आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रमेश खत्रीका अनुसार, उक्त आगो नियन्त्रण बाहिर गएर छिमेकीहरूको घरमा समेत फैलिएको थियो ।

जसबाट थमन घर्तीको २ तले, ३ कोठे खरले छाएको कच्ची घर, जीवन पुनको २ तले, ४ कोठे खरले छाएको कच्ची घर र खुम बहादुर पुनको ३ तले, ४ कोठे खरले छाएको कच्ची घर जलेका छन् ।

घटनाबारे स्थानीय बिमल राज डाँगीले दुई बजेतिर प्रहरीमा खबर गरेको खत्रीले बताए ।
उक्त आगलागी प्रहरी र स्थानीयको सक्रियतामा ४ बजेतिर पूर्ण रूपमा नियन्त्रणमा आएको छ । आगलागीबाट कुनै पनि मानवीय तथा चौपाया क्षति भएको छैन । 

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप