विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
काठमाडौँ । मध्यपूर्व युद्ध सुरु भएदेखि पहिलो पटक विदेशी एयरलाइन्सबाट उडानहरू आफ्नो मुख्य विमानस्थलमा अवतरण गर्न अनुमति दिन सुरु गर्न लागिएको कतारको उड्डयन प्राधिकरणले सोमबार जानकारी गराएको छ ।
कतार नागरिक उड्डयन प्राधिकरणले हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतारमा विदेशी एयरलाइन्सको उडान क्रमिक रूपमा सुरु गर्ने घोषणा गर्दै ‘एयरमेन’लाई सूचना जारी गरेको छ ।
गत फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि वासिङ्टन र तेहरानले दुई साताका लागि युद्धविराम घोषणा गरेका थिए ।
खाडी मुलुकहरू विरुद्ध इरानको प्रतिशोधात्मक ड्रोन र क्षेप्यास्त्र अभियानका बिच कतारले आफ्नो हवाई क्षेत्र बन्द गर्यो र मार्च ७ मा केवल राष्ट्रिय ध्वजावाहक कतार एयरवेजको उडानका लागि मार्ग प्रशस्त गर्दै सीमित यातायातका लागि आंशिक रूपमा उडान खुला गरेको थियो ।
कतारी उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सका लागि उडान पुनः खोल्ने निर्णय ‘स्थितिको विस्तृत मूल्याङ्कनपछि गरेको’ र सबैको सुरक्षा आफ्नो उच्च प्राथमिकतामा रहेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल
-
गृहमन्त्रीको खाजामा माछाको काँडा प्रकरण : ‘चाडपर्व र भीआईपीका बेला मात्र होइन, वर्षभरि अनुगमन गर’
-
फ्रान्समा इबोलाको पहिलो सङ्क्रमण पुष्टि
-
६ महानगरको बजेट : सहरी पूर्वाधारदेखि कृषि उद्यमसम्म, सेवा र कर छुटलाई प्राथमिकता
-
सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ
-
भाइकिङ समाजको नयाँ रहस्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण