संसदीय समिति
घटाइयो कार्यव्यवस्था परामर्श समितिमा सदस्य सङ्ख्या
मङ्गलबार, ०८ वैशाख २०८३, १५ : ०६
सारांश
- प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले कार्यव्यवस्था परामर्श समितिको सदस्य सङ्ख्या घटाएको छ।
- पहिले २१ जना सदस्य रहने व्यवस्था भएकोमा अब १५ जना सदस्य रहने व्यवस्था गरिएको छ।
काठमाडौँ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीमा कार्यव्यवस्था परामर्श समितिको सदस्य सङ्ख्या घटाइएको छ।
प्रतिनिधि सभा कार्यव्यवस्था नियमावली २०७९ मा कार्यव्यवस्था परामर्श समितिको सदस्य सङ्ख्या दलीय प्रतिनिधित्वका आधारमा पदेन सदस्यबाहेक बढीमा २१ जना रहने उल्लेख थियो ।
अहिले प्रतिनिधि सभाले गठन गरेको प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले दलीय प्रतिनिधित्वका आधारमा पदेन सदस्य बाहेक १५ जना रहने व्यवस्था गरेको छ । कार्यव्यवस्था परामर्श समितिसम्बन्धी व्यवस्था नियमावलीको दफा १३ मा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण