शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
संसद्

प्रतिनिधि सभाले एक महिनासम्मको कार्यतालिका बनाएर प्रकाशन गर्ने

मङ्गलबार, ०८ वैशाख २०८३, १५ : १८
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • प्रतिनिधि सभाले अब एक महिनासम्मको कार्यसम्पादन गर्ने विषयको कार्यतालिका बनाएर प्रकाशन गर्न सक्ने भएको छ।
  • कार्यसञ्चालन नियमावली मस्यौदा समितिको नयाँ व्यवस्थाअनुसार नियमावलीको मस्यौदा सभामुखलाई बुझाउने तयारी भएको छ।

काठमाडौँ । प्रतिनिधि सभाले एक महिनासम्म सभाले कार्यसम्पादन गर्ने विषयको कार्यतालिका बनाउन सक्ने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले एक महिनासम्मको कार्यतालिका तयार पारेर प्रकाशन गर्न सक्ने व्यवस्था गरेको हो। 

नियमावलीको मस्यौदा केही बेरमा समितिले सभामुख डोलप्रसाद अर्याललाई बुझाउने तयारी गरिरहेको छ । 

मस्यौदाको दफा १२ (४) मा एक महिनासम्मको कार्यतालिका बनाउन सक्ने व्यवस्था गरिएको छ । दफा १२ को दैनिक कार्यसूची शीर्षकको उपदफा (४) मा लेखिएको छ, ‘सभाले सुव्यवस्थित ढङ्गले कार्यसम्पादन गर्ने सम्बन्धमा एक महिना सम्मको कार्यतलिका बनाइ प्रकाशन गर्न सक्नेछ।

यसअघिको प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली २०७९ मा यो व्यवस्था थिएन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप