अदालत
रवि लामिछाने विरूद्धकाे रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार
मङ्गलबार, ०८ वैशाख २०८३, १९ : ३२
सारांश
- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ।
- आयुष बडालले पेस गरेको रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको छ।
- लामिछानेलाई सांसदको हैसियतले काम गर्न रोक लगाउनुपर्ने मागसहितको निवेदन सर्वोच्चले दर्ता गर्न मानेन।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेविरुद्धको रिट रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।
सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
सम्पत्ती शुद्धीकरणको आरोप खेपिरहेका रास्वपा सभापति लामिछानेलाई सांसदको हैसियतले कामकारबाही गर्न रोक लगाउनुपर्ने माग राखी बडालले मंगलबार सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण