विराटनगर विमानस्थलबाट अवैध चाँदीसहित एक जना पक्राउ
मङ्गलबार, ०८ वैशाख २०८३, २२ : ०२
विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको अवैध चाँदीसहित मंगलबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर–१ बस्ने ४४ वर्षीय आशिष रिजाल रहेका छन् । उनको साथबाट बिल विजक नभएको ३८४ ग्राम ९२० मिलिग्राम चाँदी फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
विमानस्थलको सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उक्त चाँदी बरामद गरेको हो। रिजाल विराटनगरबाट श्री एयरलाइन्सको उडानमार्फत काठमाडौँ जान लागेका थिए।
रिजाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण