सुदूरपश्चिममा रास्वपाले निर्वाचन हारेका ६ क्षेत्रमा यी सांसदहरूलाई दियो जिम्मेवारी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशका निर्वाचनमा पराजित ६ वटा क्षेत्रमा संगठन विस्तारका लागि सांसदहरूलाई जिम्मेवारी तोकेको छ।
- पार्टीले दार्चुला, बझाङ, बाजुरा, डोटी र अछामका दुवै निर्वाचन क्षेत्रमा आफ्ना समानुपातिक सांसदहरूलाई खटाउने निर्णय गरेको छ।
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशमा पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि नयाँ कार्यविभाजन गरेको छ। गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा पराजय भोगेका ६ वटा निर्वाचन क्षेत्रहरूमा पार्टीले आफ्ना समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको हो।
पार्टीको पछिल्लो निर्णयअनुसार ती क्षेत्रहरूमा संगठन विस्तार र जनसम्पर्क बढाउन सांसदहरूलाई प्रत्यक्ष रूपमा खटाइएको छ। जसअनुसार दार्चुला निर्वाचन क्षेत्रको जिम्मेवारी सांसद करिश्मा कठरियालाई दिइएको छ भने बझाङमा सांसद अंकिता ठाकुरलाई जिम्मेवारी दिएको हो।
त्यसैगरी, बाजुरा जिल्लामा सांसद सुनिताकुमारी चौधरी र डोटीमा सांसद पुरुषोत्तम शुभप्रभात यादवलाई जिम्मेवारी प्रदान गरिएको छ। अछामका दुईवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले सांसदहरूलाई नै परिचालन गरेको छ। अछाम निर्वाचन क्षेत्र नं. १ मा सांसद टीका संग्रौला र निर्वाचन क्षेत्र नं. २ मा सांसद रत्नाकुमारी थापालाई जिम्मेवारी तोकिएको छ।
गत निर्वाचनमा यी क्षेत्रहरूमा रास्वपाले हार व्यहोरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीरबाट खसेको ढुङ्गा लागेर डाेजर चालकको मृत्यु
-
सरकारको आश्वासनपछि चिया उद्योगको आन्दोलन स्थगित, आजैदेखि सबै उद्योगहरू खुल्ने
-
नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबिच सम्झौता
-
रास्वपामा १९ पदाधिकारीमध्ये ६ पदमा हुनेछ प्रतिस्पर्धा
-
नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबिच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
-
अभ्यासका क्रममा ग्रिनेड विस्फोटः एक सैनिकको मृत्यु, सहसेनानी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण