महिलाको चरित्र हत्या गरेको आरोपमा महेश गिरी पक्राउ
सारांश
- प्रहरीले महिलाको चरित्र हत्या गरेको आरोपमा भक्तपुरका महेश गिरीलाई काठमाडौँको गौशालाबाट पक्राउ गरेको छ।
- फेसबुकमार्फत पीडितको फोटो प्रयोग गरी चरित्र हत्या र धाकधम्की दिएको आरोपमा उनी पक्राउ परेका हुन्।
- आरोपीविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
काठमाडौँ । महिलाको चरित्र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भक्तपुर घर भएका महेश गिरीलाई पक्राउ गरेको छ । गिरीलाई मंगलबार काठमाडौँको गौशालाबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दिलीप कुमार गिरीले रातोपाटीलाई बताए ।
सामाजिक सञ्जाल (फेसबुक) मार्फत उनले एक जना पीडित महिलाको चरित्र हत्या गरेको प्रहरी अधिकृतहरू बताउँछन् । बलात्कार पीडित शोभा पाठकले आफ्नो चरित्र हत्या गरेको कसुरमा महेश गिरीलाई प्रहरीले पक्राउ गरेको जानकारी गराएकी छन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘मेरो फोटोहरू हालेर चरित्र हत्या गर्दै हिँड्ने र धाकधम्की दिने महेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।’ आफू विरुद्ध हैरानी दिने अन्य व्यक्तिहरू विरुद्ध पनि उजुरी गर्ने उनले बताएकी छन् । पक्राउ परेका आरोपीमाथि बुधबार म्याद लिएर विद्युतीय अपराध सम्बन्धी कसुरमा अनुसन्धान गरिने एसपी दिलीप गिरीले बताए । उनले भने, ‘आज म्याद लिएर अनुसन्धान अघि बढाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा–मुग्लिन सडक विस्तार : दोस्रो म्याद सकिनै लाग्यो, सकिएन काम
-
परेराको कीर्तिमान तोड्दै वैभव सूर्यवंशीले रचे इतिहास
-
गोरखाको आहालडाँडामा दुई करोडको लागतमा गोरखनाथ मन्दिर निर्माण हुँदै
-
प्रदेशलाई टेर्दैनन् गण्डकीका पालिका, पठाउनुपर्ने पौने १९ अर्ब आफ्नै खातामा
-
बजेटमा ‘एक हजार’का योजनाको बाढी, कार्यविधि र सुशासनको धज्जी !
-
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण