कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको मुद्दामा सुनुवाइ हुँदै
बुधबार, ०९ वैशाख २०८३, ११ : ५९
सारांश
- कर्णाली प्रदेशसभाका सदस्य एवम् पूर्व मुख्यमन्त्री राजकुमार शर्माको सांसद पद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
- न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा शर्माको सांसद पद कायम रहने वा नरहने विषयमा बहस भइरहेको छ।
काठमाडौँ । कर्णाली प्रदेशसभाका सदस्य एवम् पूर्व मुख्यमन्त्री राजकुमार शर्माको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा शर्माको सांसद पद कायम रहने कि नरहने भन्ने विषयमा सुनुवाइ हुँदैछ ।
तत्कालीन नेकपा माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रचारमा लागेको आरोप लगाउँदै उक्त पार्टी (नेपाली कम्युनिस्ट पार्टी) को सिफारिसको आधारमा प्रदेशसभा सचिवालयले पद खारेज गर्ने निर्णय गरेको थियो । नेकपाको सिफारिसमा सांसद पद गुमेपछि शर्मा सर्वोच्च अदालत पुगेका थिए ।
शर्माको रिटमा यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै सांसद पद यथावत् कायम राख्ने आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण