बागमतीमा ७०१ दरबन्दी कटौती गर्न सिफारिस
सारांश
- बागमती प्रदेशमा प्रशासनिक कार्य चुस्त बनाउन उच्चस्तरीय समितिले ७०१ कर्मचारीको दरबन्दी कटौती गर्न सिफारिस गरेको छ।
- यो प्रस्ताव कार्यान्वयनमा आएमा प्रदेश सरकारको वार्षिक करिब ४९ करोड रुपैयाँ प्रशासनिक खर्च बचत हुनेछ।
- समितिले केही निर्देशनालयहरू खारेज र केहीलाई मर्जर गरी प्रदेशको प्रशासनिक संरचनालाई स्लिम र प्रभावकारी बनाउन सुझाव दिएको छ।
हेटौँडा । बागमती प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त बनाउन गठित उच्चस्तरीय समितिले अनावश्यक कर्मचारी भार कटौती गर्न सिफारिस गरेको छ । समितिले ७०१ कर्मचारी दरबन्दी कटौती गर्दै प्रदेशको नयाँ दरबन्दी संरचना (तेरिज) प्रस्ताव गरेको हो ।
समितिले मन्त्रालयको संख्या घटाउनुका साथै साबिकका निकायहरूमा रहेका कतिपय अनावश्यक पदहरू खारेज गरी ‘स्लिम बट इफेक्टिभ’ प्रशासनको खाका तयार गरेको हो । पूर्वसचिव विमल वाग्ले संयोजक रहेको प्रदेश प्रशासनिक पुनर्संरचना अध्ययन तथा सुझाव समितिको प्रतिवेदन अनुसार प्रदेशमा कायम रहेको ५ हजार १३८ दरबन्दीमा ७०१ कटौती गरी ४ हजार ४३७ कायम गर्न सिफारिस गरेको हो ।
नयाँ दरबन्दी तेरिज लागु हुँदा प्रदेश सरकारले तल्लो तहका (श्रेणीविहीन र सहयोगी) कर्मचारी घटाएर माथिल्लो तहका प्राविधिक र विज्ञ कर्मचारीको अनुपात बढाउने सरकारलाई समितिले सिफारिस गरेको छ । उक्त कार्यबाट वार्षिक करिब ४९ करोड रुपैयाँ प्रशासनिक खर्च जोगिने र सेवा प्रवाहमा दोहोरोपन अन्त्य हुने समितिको निष्कर्ष छ ।
समितिले कुल दरबन्दीमा १३.६४ प्रतिशतले कटौती गर्न सिफारिस गरे अनुसार प्रदेशमा विशेषगरी कार्यालय सहयोगी, हलुका सवारी चालक र श्रेणीविहीन पदहरू ठुलो सङ्ख्यामा कटौती हुनेछ । जसले तत्काल वार्षिक ४८ करोड ५६ लाख रुपैयाँ बचत हुने मूल्यांकन गरिएको छ ।
समितिले प्रदेश नीति तथा योजना आयोग, सञ्चार रजिस्ट्रार कार्यालय, दुग्ध विकास बोर्ड सहित ५ वटा निर्देशनालयहरू खारेजीको लागि प्रस्ताव गरेको छ भने २ वटा निर्देशनालयलाई मर्जर गरी कार्य सञ्चालन गर्न सिफारिस गरेको छ । समितिले कृषि र पशुपन्छी निर्देशनालय मर्जर गर्न र शिक्षा विकास निर्देशनालय कायम गर्न सिफारिस गरेको छ । यातायात पूर्वाधार, स्वास्थ्य, उद्योग वाणिज्य, वन निर्देशनालय खारेज गर्न सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण