एआईमा खर्च बढेसँगै ८ हजार कर्मचारीलाई कामबाट निकाल्दैछ मेटा
सारांश
- मेटाले एआई परियोजनामा लगानी बढाउने उद्देश्यले आफ्नो कुल कार्यबलको १० प्रतिशत अर्थात् करिब ८ हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ।
- कम्पनीले एआई उपकरणमार्फत उत्पादकत्व वृद्धि हुने अपेक्षा गर्दै रिक्त पदहरू पनि अब नभर्ने निर्णय गरेको छ।
- मार्क जुकरबर्गले २०२६ सम्ममा एआईले काम गर्ने तरिकामा ठूलो परिवर्तन ल्याउने बताउँदै यस वर्ष एआईमा १३५ अर्ब डलर खर्च गर्ने घोषणा गरेका छन्।
वासिङ्टन डीसी । सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाले करिब ८, हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ । कम्पनीले बिहीबार कर्मचारीहरूलाई पठाएको मेमोमा कुल कार्यबलको झण्डै १० प्रतिशत कटौती गरिने उल्लेख गरिएको छ ।
कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा खर्च तीव्र रूपमा बढाउँदै गर्दा कम्पनीले यो घोषणा गरेको हो । मेमोअनुसार, कम्पनीले हजारौँ रिक्त पदहरू पनि अब नभरिने जनाएको छ । यस निर्णयको मुख्य कारण एआई परियोजनामा बढ्दो लगानी हो । स्रोतका अनुसार, मेटाले यस वर्ष एआईमा करिब १३५ अर्ब डलर खर्च गर्ने तयारी गरेको छ, जुन अघिल्ला तीन वर्षको कुल खर्च बराबर हो ।
कम्पनीका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले यसअघि नै एआईका कारण काम गर्ने तरिकामा ठुलो परिवर्तन आउने संकेत दिएका थिए । उनले एआई उपकरण प्रयोग गर्ने कर्मचारीहरू धेरै उत्पादक भएको र पहिले ठुलो टोलीले गर्ने काम अब एक व्यक्तिले नै गर्न सक्ने बताएका थिए । “मलाई लाग्छ २०२६ एआईले हाम्रो काम गर्ने तरिकालाई नाटकीय रूपमा परिवर्तन गर्ने वर्ष हुनेछ,” उनले भनेका थिए।
मेटाले सन २०२२ यता पटक–पटक कर्मचारी कटौती गर्दै आएको छ । यस वर्ष मात्र कम्पनीले दुई चरणमा करिब २ हजार कर्मचारी हटाइसकेको छ । अब हुने कटौती भने २०२३ पछिकै सबैभन्दा ठुलो हुनेछ । हालका महिनाहरूमा कम्पनीले एआई मोडेल र उपकरण विकासमा विशेष ध्यान केन्द्रित गरेको छ । यसै सन्दर्भमा कम्पनीले कर्मचारीहरूको कम्प्युटर प्रयोगसम्बन्धी गतिविधि ट्र्याक गरेर एआई सुधार गर्न प्रयोग गर्ने योजना पनि अघि सारेको छ, जसलाई केही कर्मचारीहरूले विवादास्पद बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण