वीरगन्ज महानगरपालिकामा शोक बिदा
शुक्रबार, ११ वैशाख २०८३, १२ : १४
सारांश
- वीरगन्ज महानगरपालिकाले कार्यरत सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनमा शोक बिदा दिएको छ।
- महानगरपालिकाले अत्यावश्यक सेवाबाहेकका सबै सेवाहरू आज बन्द रहने जनाएको छ।
पर्सा । वीरगन्ज महानगरपालिकाले आज शोक बिदा दिएको छ। महानगरपालिकामा कार्यरत सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनप्रति दुःख व्यक्त गर्दै शोक बिदा घोषणा गरिएको हो।
मेस्तर्नीको यही बैशाख ४ गते निधन भएको थियो। उनी २०६४ साल पुस ९ गतेदेखि महानगरपालिकामा स्थायी रूपमा कार्यरत थिए ।
महानगरपालिकाले दिवंगत मेस्तर्नीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। उनको सम्झनामा शुक्रबार बिहान १०ः३० बजे महानगरपालिकाको प्रांगणमा शोक सभा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा महानगर प्रमुखको उपस्थितिमा प्रशासन प्रमुख शुनिल कुमार कर्ण तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।
प्रशासन प्रमुख कर्णका अनुसार आज महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाबाहेक सबै सेवाहरू बन्द रहनेछन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण