सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी : भानुआटुसँग स्तब्ध बन्यो नेपाल

शुक्रबार, ११ वैशाख २०८३, १५ : ३९
शुक्रबार, ११ वैशाख २०८३

काठमाडौँ । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग स्तब्ध बनेको छ । गहंगा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल आफूभन्दा कमजोर भानुआटुसँग २२ रनले पराजित भएको हो ।

भानुआटुले प्रस्तुत गरेको ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १५.३ ओभरमा ७५ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक २४ रनको योगदान दिइन् ।

कप्तान इन्दु वर्माले १३ रन तथा कविता कुँवरले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपाललाई सस्तोमा समेट्न भनेसा भिरा र नासिमाना नभिकाले ३–३ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भानुआटुले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाएको थियो ।टोलीका लागि भालेन्टा लागिआटुले सर्वाधिक ४२ रनको योगदान दिइन् । त्यस्तै, नासिमाना नभिकाले १८ रन जोडिन् ।

नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने मनिषा उपाध्याय, कविता कुँवर र रचना चौधरीले १–१ विकेट लिए ।

प्रतियोगितामा नेपालको यो दोस्रो पराजय हो । टोली पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीलाई ५० रनले हराएको थियो । तेस्रो खेलमा पनि नेपालले सङ्घर्षपूर्ण रूपमा रुवान्डालाई २ विकेटले पराजित गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप