शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

प्रधानाध्यापकमाथि कड्किने रास्वपा सांसदलाई रास्वपा सांसदकै जवाफ: ‘हजारौँ नमस्ते गरेको दुई महिनामै नबिर्सौँ, भुईँ नछोडौँ’

शुक्रबार, ११ वैशाख २०८३, २३ : १६
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • रास्वपा सांसद विश्वराज पोखरेलले प्रधानाध्यापकले स्वागत नगरेको भन्दै आक्रोश पोखेपछि सोही पार्टीका सांसद गणेश कार्कीले उनलाई व्यङ्ग्य गरेका छन्।
  • सांसद कार्कीले पदको घमन्ड नगर्न र चुनावी प्रतिबद्धता सम्झँदै विनम्रता नगुमाउन सहकर्मीलाई सचेत गराएका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ओखलढुङ्गाका सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकले आफूलाई स्वागत नगरेको भन्दै आक्रोश पोखेको घटनामा रास्वपाकै अर्का सांसद गणेश कार्कीले उनलाई लक्षित गर्दै कडा व्यङ्ग्य गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै सांसद कार्कीले पदको घमन्ड नगर्न र चुनावी प्रतिबद्धता नबिर्सन आफ्नै सहकर्मीलाई सांकेतिक रूपमा सचेत गराएका हुन् । उनले माननीय भन्दा सांसद भनिनु नै आफूलाई प्रिय लाग्ने बताउँदै जनप्रतिनिधिहरूले विनम्रता गुमाउन नहुने बताएका छन् । 

कार्कीले लेखेका छन्, ‘मलाई माननीय भनेको राम्रो सुनिँदैन। आवश्यक नै भयो भने म सांसद भन्दा भयो बरु । यही सांसद पद पनि बढीमा ५ वर्ष हो, के बानी पार्नु र ! अनि ‘हजुर एक भोट दिनुस्’ भन्दै हजारौँ नमस्ते गरेको दुई महिना पनि भएको छैन, के बिर्सिनु ? भुईँ नछोडौँ न है।’

पोखरेलले जिल्लाको एक विद्यालयमा पुग्दा प्रधानाध्यापक गेटसम्म स्वागत गर्न नआएको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए । आफू २९ वर्षसम्म नेपाल सरकारको विशिष्ट श्रेणीमा बसेर काम गरेको अनुभव सुनाउँदै उनले मर्यादा र प्रोटोकलको विषय उठाएर प्रधानाध्यापकमाथि कडा शब्द प्रहार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप