कहिले रिलिज हुन्छ राम चरणको ‘पेद्दी’ ?
सारांश
- साउथ सुपरस्टार राम चरण अभिनीत फिल्म 'पेद्दी' आगामी जुन महिनामा विश्वभर रिलिज हुने भएको छ।
- निर्देशक बुची बाबु सनाले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन्।
- सन् २०२६ को बहुप्रतीक्षित यस फिल्ममा राम चरणसँगै बलिउड अभिनेत्री जाह्नवी कपुर मुख्य भूमिकामा देखिँदै छिन्।
मुम्बई । साउथ सुपरस्टार राम चरण पछिल्लो समय फिल्म ‘पेद्दी’का कारण चर्चामा छन् । छायांकनको अन्तिम चरणमा रहेको फिल्म दर्शमाझ प्रतीक्षित बनेको छ ।
निर्माण युनिटले फिल्म आगामी जुन महिनामा विश्वभर रिलिज हुने जनाएको छ । निर्देशक बुची बाबु सनाले हालै सामाजिक सञ्जालमा राम चरणसँगको एउटा सेल्फी सेयर गर्दै फिल्मको रिलिज मिति आगामी जुन घोषणा गरेका हुन् ।
सन् २०२६ को सबैभन्दा प्रतीक्षित फिल्ममध्ये एक मानिएको ‘पेद्दी’मा राम चरण एकदमै फरक र नयाँ अवतारमा देखिनेछन् । केही समयअघि सार्वजनिक गरिएको फिल्मको ‘झलक’लाई दर्शकले निकै मन पराएका छन् । फिल्मको पहिलो गीत ‘चिकिरी चिकिरी’ले चर्चा पाइसकेको छ । ओस्कार विजेता संगीतकार ए. आर. रहमानको संगीत गीतमा छ ।
फिल्ममा राम चरणको जोडीका रूपमा बलिउड अभिनेत्री जाह्नवी कपुर देखिनेछिन् । उनीहरूसँगै फिल्ममा शिव राजकुमार, जगपति बाबु, दिव्यन्दु शर्मालगायत कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण