शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे

शनिबार, १२ वैशाख २०८३, १० : ४९
शनिबार, १२ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रतिनिधि सभाको प्रस्तावित नियमावलीले संवैधानिक प्रश्न खडा गरेको बताएका छन्।
  • उनले प्रस्तावित नियमावलीलाई कानुनभन्दा माथि राखेर 'सुपर कानुन' बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नियमावलीलाई सुपर–कानुन बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'प्रतिनिधि सभाको प्रस्तावित नियमावली–२०८३ ले एउटा गम्भीर संवैधानिक प्रश्न उभ्याएको छ:  संसद् कानुन बनाउने संस्था हो कि कानुनभन्दा माथि रहेको संस्था हो ?'

उनी थप लेख्छन्– 'प्रस्तावित नियमावलीमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनका रूपमा रही विशेष कानुनसरह लागू हुनेछ’ भनिएको छ, यो साधारण वाक्य होइन। जहाँ कानुन सबैभन्दा माथि हुनुपर्थ्यो, त्यहाँ अब नियमावलीलाई “सुपर–कानुन” बनाउने प्रयास भइरहेको छ।'

यो व्यवहारमा फौजदारी ऐन, मुलुकी ऐन र अन्य प्रचलित कानुनलाई निष्प्रभावी बनाउने शक्ति संसद्को नियमावलीलाई दिइएको छ भन्ने सङ्केत भएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप