सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

केएल राहुलको १५२ रन, दिल्ली क्यापिटल्सको कीर्तिमानी इनिङ्स

शनिबार, १२ वैशाख २०८३, १७ : ४९
शनिबार, १२ वैशाख २०८३

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ३५औं खेलमा दिल्ली क्यापिटल्सले पन्जाब किंग्सलाई २६५ रनको विशाल लक्ष्य दिएको छ ।

अरुण जेटली स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २६४ रन बनायो । यो यस सिजनको सबैभन्दा ठुलो स्कोर हो । 

दिल्लीका लागि ओपनर केएल राहुलले अविजित १५२ रनको सानदार शतकीय इनिङ्स खेले । उनलाई नीतिश राणाले ९१ रन बनाएर उत्कृष्ट साथ दिए । राहुल र राणाबिच दोस्रो विकेटका लागि २२० रनको विशाल साझेदारी भएको थियो । 

गेलको कीर्तिमानसँग बराबरी

केएल राहुलले १५औँ ओभरमा मात्र ४७ बलमा आफ्नो शतक पूरा गरेका थिए । उक्त ओभरमा १६ रन आएको थियो, जहाँ राहुलले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै आफ्नो छैटौं आईपीएल शतक पूरा गरे । 

यस शतकसँगै राहुल आईपीएलमा ६ शतक बनाउने क्रिस गेलको कीर्तिमानसँग बराबरी गर्न सफल भएका छन् । यसका साथै, दिल्ली क्यापिटल्सका लागि सर्वाधिक शतक (२) बनाउने खेलाडीहरूको सूचीमा उनी शिखर धवन र डेभिड वार्नरसँग पनि बराबरीमा पुगेका छन् । 

पन्जाब किंग्सलाई यो विशाल लक्ष्य पछ्याउन कठिन चुनौतीको सामना गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप