चट्याङ लागेर पर्वतमा एक जनाको मृत्यु, बागलुङमा युवती गम्भीर घाइते
पोखरा । गण्डकी प्रदेशका पर्वत र बागलुङ जिल्लामा शनिबार चट्याङका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छन् ।
पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभित्र बसिरहेको अवस्थामा एक्कासि परेको चट्याङले गम्भीर घाइते भएकी लामिछानेलाई उपचारका लागि प्रदेश अस्पताल पर्वत लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता बागलुङको बडिगाड गाउँपालिका–१० पात्लेमा पनि चट्याङ लागेर १९ वर्षीया शर्मिला रसाइली गम्भीर घाइते भएकी छन् । शनिबार दिउँसो घरमै काम गरिरहेका बेला चट्याङ पर्दा उनी घाइते भएकी हुन् । उनलाई उपचारका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
चट्याङकै कारण बागलुङमा दुई बाख्रा र एक दुहुना गाईसमेत मरेका छन् । प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्री स्टार्मरलक्षित आगजनीमा रुसको हात
-
गर्मी छल्न पोखरा ओर्लिए भारतीय पर्यटक, ‘अफसिजन’ मा पनि होटलहरू भरिभराउ
-
रवि र जीबीविरुद्ध सहकारी ठगी बाहेकका अभियोग हटाउँदा रुपन्देही जिल्ला अदालतले के भन्यो ?
-
जापानमा १९९५ यता पहिलो पटक बढ्यो ब्याज
-
ट्रम्पले शुक्रवार अघि नै अमेरिका–इरान सम्झौता सार्वजनिक गर्न सक्ने
-
पर्वतमा सहिदको घरमै पुगे सशस्त्र प्रहरी प्रमुख पौडेल, दोसल्ला ओढाएर गरे सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण