सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

शीर्ष स्थानमा बार्सिलोनालाई ११ अंकको अग्रता

शनिबार, १२ वैशाख २०८३, २२ : ०४
शनिबार, १२ वैशाख २०८३

काठमाडौं । ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेमाथि २–० को सहज जित निकालेको छ ।

गेटाफेको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै तीन अंक जोडेको हो ।

खेलको पहिलो हाफको अतिरिक्त समयमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा मार्कस रासफोर्ड ले ७४औं मिनेटमा गोल थप्दै जित सुनिश्चित गरे ।

खेलभर बार्सिलोनाले बल नियन्त्रणमा पूर्ण वर्चस्व जमाएको थियो । उसले ७६ प्रतिशत पोजेसन कायम राख्दै ५६२ पास पूरा गरेको थियो, जसमा ९१ प्रतिशत पास सफल भएका थिए । बार्सिलोनाले कुल १० प्रहार गर्दा ४ प्रहार लक्ष्यमा थिए ।

विपक्षी गेटाफे भने खेलमा कमजोर देखियो । उसले मात्र ३ प्रहार गर्दा १ मात्र अन टार्गेट रह्यो । २४ प्रतिशत मात्र पोजेसन राखेको गेटाफेले १५४ पास खेल्दा ६१ प्रतिशत मात्र सफल बनायो । 

खेलमा दुवै टोलीले समान २–२ पहेंलो कार्ड पाए । यस जितसँगै बार्सिलोना अंकतालिकामा दोस्रो स्थानको रियल मड्रिडभन्दा ११ अंकसहित अगाडि हुन सफल भएको छ । ३३ खेलबाट बार्सिलोनाले ८५ अंक बनाएको छ । समान खेलबाट मड्रिडको भने ७४ अंक मात्र छ । मड्रिड आज बिहान भएको खेलमा रियल बेटिससँग १–१ को बराबरीमा रोकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप