राजस्थानमाथि सनराइजर्स हैदराबादको रोमाञ्चक जित
सारांश
- इन्डियन प्रिमियर लिग अन्तर्गत सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ।
- राजस्थानले दिएको २२९ रनको विशाल लक्ष्य हैदराबादले १८.३ ओभरमै ५ विकेट गुमाएर पूरा गरेको छ।
- जितसँगै सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स दुवैको ८ खेलबाट समान १० अंक भएको छ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको रोमाञ्चक खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ । राजस्थानका वैभव सूर्यवंशीको विस्फोटक शतकका बाबजुद हैदराबादले विशाल लक्ष्य सफलतापूर्वक पछ्याएको हो ।
पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२८ रनको विशाल योगफल तयार पारेको थियो । राजस्थानका लागि वैभव सूर्यवंशीले मात्र ३७ बलमा १०३ रनको उत्कृष्ट शतकीय पारी खेले । त्यस्तै, ध्रुव जुरेलले ३५ बलमा ५१ रन र डोनोभान फरेराले १६ बलमा ३३ रनको योगदान दिए । हैदराबादका लागि ईशान मालिङ्गाले २ विकेट लिए ।
२२९ रनको विशाल लक्ष्य पछ्याएको सनराइजर्स हैदराबादले १८.३ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । हैदराबादको जितमा ईशान किशनले ३१ बलमा ७४ रन र अभिषेक शर्माले २९ बलमा ५७ रनको विस्फोटक अर्धशतकीय पारी खेले । नितिश कुमार रेड्डीले पनि १८ बलमा अविजित ३६ रनको योगदान गरे । राजस्थानका लागि जोफ्रा आर्चर र बृजेश शर्माले समान २(२ विकेट लिए ।
यो जितसँगै सनराइजर्स हैदराबादले ८ खेलमा ५ जित हात पार्दै १० अंक जोडेको छ । पराजित राजस्थान रोयल्सको पनि ८ खेलबाट समान १० अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण