रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेल लगिँदै
सारांश
- ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथ आज चक्रबहिलबाट लगनखेलतर्फ लगिँदै छ ।
- वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको जात्रालाई नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ ।
ललितपुर । ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथ यात्रा उत्साहपूर्वक जारी छ । शनिवार रथलाई सुनधाराबाट तानेर चक्रबहिल पुर्याइएको छ । आइतबार रथलाई चक्रबहिलबाट लगनखेलतर्फ लगिनेछ ।
जात्रामा सहभागी हुन ललितपुर र आसपासका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने गरेको छ । वर्षा र सहकालका देवताको रूपमा पुजिने मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो र महत्त्वपूर्ण सांस्कृतिक उत्सवमध्ये एक हो ।
रातो मत्स्येन्द्रनाथको जात्राको सुरुवात लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा भएको मानिन्छ । पौराणिक कथा अनुसार कुनै समय काठमाडौँ उपत्यकामा १२ वर्षसम्म भीषण खडेरी परेको थियो । गुरु गोरखनाथले नवनागहरूलाई आफ्नो आसनमुनि थुनेर ध्यानमा बसेका कारण वर्षा हुन सकेको थिएन ।
ऋषिमुनि र तान्त्रिकहरूको सल्लाहमा राजा नरेन्द्रदेव, तान्त्रिक वन्धुदत्त आचार्य र ललित ज्यापू मिलेर गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई भारतको कामरुप कामाख्याबाट नेपाल ल्याएका थिए । आफ्ना गुरु आएको थाहा पाएपछि गोरखनाथ उठेर दर्शन गर्न जाँदा नागहरू स्वतन्त्र भए र उपत्यकामा वर्षा भयो ।
त्यसै बेलादेखि मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पूज्न र जात्रा गर्न थालियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण