शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

आइतबार, १३ वैशाख २०८३, १५ : ००
आइतबार, १३ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।
  • बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा वैशाख १४ गते सोमबार दिउँसो २ बजे बस्नेछ।
  • बैठकमा बागी उम्मेदवार र स्पष्टीकरण सोधिएका नेताहरूका विषयमा छलफल हुनेछ।

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ । समिति सचिव दिनेश थापा मगरले सोमबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख १४ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’ सचिव थापा मगरले निकालेको विज्ञप्तिमा लेखिएको छ । 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र ती उम्मेदवारका प्रस्तावक र समर्थक बनेका विरुद्ध परेको उजुरीबारे बैठकमा छलफल हुनेछ । 

त्यस्तै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछापका सभापति कान्छाराम तामाङलाई सोधिएको स्पष्टीकरणबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप