गोली प्रहार घटनाबारे ट्रम्पको प्रतिक्रिया : आफ्नो नेतृत्व प्रभावको प्रमाण
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीस्थित होटल हिल्टनमा भएको गोलीकाण्डलाई आफ्नो नेतृत्वको प्रभाव र शक्तिको प्रमाण भनेका छन् ।
- ट्रम्पले आफू प्रभावशाली नभए कसैले ध्यान नदिने बताउँदै यस घटनालाई आफ्नो लोकप्रियतासँग जोड्ने प्रयास गरेका छन् ।
- ट्रम्पले विवादास्पद ह्वाइट हाउस बलरूम निर्माणको प्रस्ताव पुनः अघि सार्दै नयाँ संरचना हालको कार्यक्रमस्थल भन्दा सुरक्षित हुने दाबी गरेका छन् ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै वासिङ्टन डीसीस्थित होटल हिल्टनमा भएको गोलीकाण्डबारे प्रतिक्रिया दिएका छन् । उनले आफ्नो नेतृत्व शक्तिशाली र प्रभावशाली भएको प्रमाण गोलीकाण्ड भएको बताए ।
ह्वाइट हाउस करेस्पोन्डेन्स डिनर कार्यक्रम स्थलबाहिर भएको घटनापछि उनले भने, ‘जब तपाईं प्रभावशाली हुनुहुन्छ, तब उनीहरू तपाईंमाथि आक्रमण गर्छन् ।’ सो होटलमा बन्दुकधारी व्यक्ति सुरक्षा घेरा तोड्दै भित्र पस्न खोज्दा गोली चलेको थियो ।
घटनाका कारण कार्यक्रममा सहभागी करिब २ हजार ६०० अतिथि त्रसित बनेका थिए र सुरक्षाकर्मीहरूले तुरुन्तै राष्ट्रपतिसहित अन्य उच्च अधिकारीहरूलाई सुरक्षित स्थानमा लगेका थिए । घटनापछि ट्रम्पले आफूलाई अडिग र साहसी नेताका रूपमा प्रस्तुत गर्दै यसलाई आफ्नो लोकप्रियता र प्रभावसँग जोड्ने प्रयास गरे । व्यक्ति प्रभावशाली नभए कसैले ध्यान नदिने उनको भनाइ थियो ।
यस अवसरमा उनले विवादास्पद ह्वाइट हाउस बलरूम निर्माणको प्रस्ताव पनि पुनः अघि सारे । नयाँ संरचना हालको कार्यक्रमस्थल भन्दा सुरक्षित हुने उनको दाबी थियो ।
हाल प्रयोग भइरहेको वासिङ्टन हिल्टनमा सन् १९८१ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनमाथि पनि हत्या प्रयास भएको थियो । न्याय मन्त्रालयले बलरूम निर्माण रोकिएको मुद्दा खारेज गर्न अदालतसँग आग्रह गर्ने कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले बताएका छन् ।
साथै, रिपब्लिकन सांसदहरू टिम शिहे र र्यान्डी फाइनले पनि ट्रम्पलाई यस्तो संरचना बनाउन कानुनी अनुमति दिन विधेयक ल्याउने तयारी गरेका छन् । यद्यपि, ट्रम्पले सिक्रेट सर्भिस वा सेना स्वयंले यस्तो संरचना आवश्यक रहेको दाबी गरे पनि त्यसको ठोस प्रमाण प्रस्तुत गरेका छैनन् ।
इरान विरुद्धको अमेरिका–इजरायली युद्ध सुरु भएपछि ट्रम्पको लोकप्रियता दुई कार्यकालको सबैभन्दा कम स्तरमा आएको छ । जुलाई २०२४ मा पेन्सिलभेनियाको बटलरमा एक अभियान र्यालीमा एक बन्दुकधारीले ट्रम्पमाथि गोल हानेका थिए ।
सोही वर्ष सेप्टेम्बरमा उनीमाथि गोली हान्ने दाउ गरेर बसेका एक पुरुषलाई सुरक्षाकर्मीले पक्राउ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण