सहमतिसँगै परिपक्व निर्णय गर्न समय लाग्यो : गगन थापा
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको संसदीय दलको नेता चयनमा सहमति जुटाउन समय लागेको बताएका छन् ।
- उनले बाहिर ढिलाइ भएको जस्तो देखिए पनि परिपक्व निर्णयका लागि प्रयास गर्दा समय लागेको बताए ।
- थापाले आकांक्षीहरूलाई मनाएर सर्वसम्मत निर्णय गरेर पार्टीमा एकता कायम गरेको पनि बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको संसदीय दलको नेता चयनमा परिपक्वको निर्णय गर्न र पार्टीभित्र सहमति जुटाउन समय लागेको बताएका छन् ।
साेमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा नेता भीष्मराज आङदेम्बेलाई सर्वसम्मत दलको नेता चयन गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सभापति थापाले भने,‘बाहिर तपाईंहरु दलको नेता चयन गर्न ढिलाइ भयो भनिरहनु भएको थियो । हामी भने सहमतिमा परिपक्को निर्णय गर्न प्रयास गरिरहेका थियौँ । त्यसैले केही ढिला भयो, तर परिपक्व नेतालाई दलको नेता बनाएका छौँ,सहमतिमा निर्णय गरेका छौँ ।’
सभापति थापाले आकांक्षीहरुलाई मनाएर सर्वसम्मत निर्णय गरेर पार्टीमा एकता कायम गरेको पनि बताए। आङदेम्बेप्रति पार्टीको केन्द्रीय समिति र बाहिर रहेका अधिकांश नेताहरूको पनि सहानुभूति रहेको बताए । उनले एक ढिक्का भएर अगाडि बढिने पनि बताए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण