सानिमा बैंकका ग्राहकलाई शून्य प्रतिशत ब्याजमा ईएमआई सुविधा, १२ महिनासम्म किस्ता तिर्न पाइने
काठमाडौँ । सानिमा बैंकले आफ्ना क्रेडिट कार्ड ग्राहकहरूका लागि शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा ल्याएको छ। बैंकले ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले 'फिन्तारा सोलुसन्स प्रालि' सँग रणनीतिक साझेदारी गरेको हो।
यस साझेदारीअनुसार सानिमा बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले फिन्तारासँग आबद्ध विभिन्न मर्चेन्ट स्टोरहरूबाट सामान खरिद गर्दा कुनै पनि अतिरिक्त ब्याज बिना १२ महिनासम्मको ईएमआई सुविधा उपभोग गर्न पाउनेछन्। बैंकका अनुसार यो सुविधा विशेषगरी इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यापटप, फर्निचर, माउन्टेन बाइक र घरेलु उपकरण जस्ता उच्च मूल्यका सामग्री खरिद गर्न चाहने ग्राहकहरूका लागि लक्षित गरिएको छ।
सानिमा बैंकका डिजिटल बैंकिङ प्रमुख भावुक तण्डुकारले यो पहलले ग्राहकहरूलाई आर्थिक बोझ कम गराई गुणस्तरीय सामानहरू किस्ताबन्दीमा खरिद गर्न थप पहुँच पुग्ने विश्वास व्यक्त गरेका छन्। "डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै नगदरहित इकोसिस्टम निर्माण गर्ने हाम्रो लक्ष्यमा यसले थप मद्दत पुर्याउनेछ," बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यसैगरी, सानिमा बैंकले आफ्ना डेबिट, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूका लागि विभिन्न अस्पताल, सपिङ आउटलेट, होटल तथा रेष्टुरेन्टहरूमा पनि आकर्षक छुटको व्यवस्था गरेको छ। यस्ता छुटका विवरणहरू बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ।
हाल सानिमा बैंकले देशभर सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ वटा एटीएम मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वित्त बजार र अर्थतन्त्रमा प्रदेश बजेटले के परिवर्तन ल्याउला ?
-
मुख्य राजमार्गको अवस्था : कतै पहिरो, कतै मर्मतले सडक अवरुद्ध
-
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए कोलम्बिया र कङ्गो
-
रौतहटमा चोरी भएको ३० मिनेट भित्रै मोटरसाइकलसहित २ जना पक्राउ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आन्तरिक स्रोतमा कर्णालीको ‘कन्तबिजोग’: आम्दानीमा उल्लेख्य सुधार नआउँदा घटाइयो लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण