पुरातात्त्विक सम्पदाको संरक्षणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्त्विक सम्पदाको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
- मुख्यमन्त्री आचार्यले पुरातात्त्विक सम्पदाको संरक्षणसँगै प्रवर्द्धन र पर्यटनसँग जोड्ने योजना अघि बढाएको जानकारी दिए ।
- सुकौराकोट स्थित थारू राजा दंगीशरण दरबार क्षेत्रमा उत्खननका क्रममा लिच्छवीकालीन इँटा, माटोको घोडाको आकृति लगायतका महत्त्वपूर्ण पुरातात्त्विक सामग्री फेला परेका छन् ।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्त्विक सम्पदाको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित सुकौराकोट स्थित थारू राजा दंगीशरण दरबार क्षेत्रको साेमबार अनुगमन गर्दै उनले पुरातात्त्विक सम्पदाहरूलाई संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नु सरकारको दायित्व भएको उल्लेख गरे ।
उनले प्रदेश सरकारले पुरातात्त्विक सम्पदाको संरक्षणसँगै प्रवर्द्धन र पर्यटनसँग जोड्ने योजना अघि बढाएको जानकारी दिए। आवश्यक पूर्वाधार विकास, वैज्ञानिक संरक्षण विधि र प्रभावकारी प्रचारप्रसारमार्फत दंगीशरण दरबार क्षेत्रलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने विश्वास समेत उनले व्यक्त गरे ।
अनुगमनमा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का लगायतको सहभागिता रहेको थियो ।
टोलीले दरबार क्षेत्रको वर्तमान अवस्था, उत्खननको प्रगति तथा संरक्षणका आवश्यक पक्षबारे स्थलगत जानकारी लिएको थियो ।
केही समयअघि पुरातत्त्व विभागले गरेको उत्खननमा यस क्षेत्रमा महत्त्वपूर्ण पुरातात्त्विक सामग्री फेला परेका छन्। थारू राजा दंगीशरण सुकौरा दरबार सभ्यता कोष समितिको पहलमा ती सामग्री सार्वजनिक गरिएका हुन् ।
उत्खननका क्रममा लिच्छवीकालीन इँटा, माटोको घोडाको आकृति, चुरा, धनुषका तीर, फलाम तथा तामाका औँठी, माटोका दियो, घैटौं, गोल्द्रा, भोक्टी लगायतका सामग्री भेटिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण