लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आह्वान
सोमबार, १४ वैशाख २०८३, २१ : २७
सारांश
- लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ।
- प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १६६ र १८३ बमोजिम अधिवेशन आह्वान गरेका हुन्।
- यसअघि वैशाख १० गते हिउँदे अधिवेशन अन्त्य गरिएको थियो जसमा ४ वटा विधेयक पारित भएका थिए।
बुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ।
प्रदेश सभा सचिवालयले सोमबार जारी गरेको सूचना अनुसार नेपालको संविधानको धारा १६६ को उपधारा (१) र धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले अधिवेशन आह्वान गरेका हुन् ।
सूचना अनुसार अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको छ। यस अघि वैशाख १० गतेदेखि हिउँदे अधिवेशन अन्त्य गरिएको थियो। लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा ४ वटा विधेयक पारित गरिएको थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण