बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थलमा सुरक्षा कडाइ
काठमाडौँ । बङ्गलादेशले एक सन्दिग्ध आतङ्ककारी र दुई पूर्व सैनिकको सम्भावित आक्रमणको चेतावनीपछि विमानस्थलको सुरक्षा कडा पारेको अधिकारीहरूले सोमबार बताएका छन्।
बङ्गलादेशको नागरिक उड्डयन प्राधिकरण (सिएएबी) ले प्रहरी मुख्यालयको सतर्कतापछि देशका आठ विमानस्थलहरूमा तीन अन्तर्राष्ट्रिय टर्मिनलसहित थप उपायहरू लागू गरिएको बताएको छ ।
सीएएबीका अध्यक्ष मुस्तफा महमुद सिद्दिकले ढाकामा पत्रकारहरूसँग भने, “हामीले प्रहरी मुख्यालयबाट सुरक्षा बलियो बनाउन आग्रह भएपछि सोही मुताविक काम गरेका छौँ।”
उनले भने, “विमानस्थललाई मुख्य नाकाका रूपमा तोकिएको छ र सामान्यतया यहाँको सुरक्षा कडा राखिन्छ, तर पत्र पाएपछि यसलाई थप बढाइएको छ ।”
बङ्गलादेश प्रहरीले गत हप्ता प्रतिबन्धित लडाकु समूहका एक सदस्य दुई पूर्व सैनिकसँग नियमित सम्पर्कमा रहेको बताएको थियो ।
उक्त आक्रमणकारीले ‘धारिलो हतियार, बन्दुक वा विस्फोटक पदार्थ’ प्रयोग गरेर विमानस्थल, संसद् र धार्मिक स्थललगायत प्रमुख प्रतिष्ठानमा आक्रमण गर्न सक्ने बताइएको छ ।
बङ्गलादेशलाई समय–समयमा अल–कायदा र इस्लामिक स्टेट समूहबाट प्रेरित घरेलु लडाकु समूहहरूले निशाना बनाउने गरेका छन् ।
सन् २०१६ मा ढाकामा एक बेकरीमा भएको आक्रमणमा परी २२ जनाको मृत्यु भएको थियो ।
त्यही समयमा, अल–कायदासँग सम्बन्धित लडाकुहरूले बङ्गलादेशी मूलका अमेरिकी नागरिक अभिजित रोयसहित धेरै धर्मनिरपेक्ष लेखक र अभियन्ताहरूको हत्या गरेका थिए।
सन् २०२१ मा धर्मनिरपेक्षको पक्षमा वकालत गर्दै आएका एक ब्लगरको हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण