मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परमाणु हतियार नफैलिने सम्बन्धी सन्धिप्रति नेपालले पुनः जनायो प्रतिवद्धता

मङ्गलबार, १५ वैशाख २०८३, ११ : २७
मङ्गलबार, १५ वैशाख २०८३

काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा मंगलबारदेखि सुरु भएको परमाणु हतियार नफैलिने सम्बन्धी सन्धिका पक्ष राष्ट्रहरूको पुनरावलोकन सम्मेलनमा २४ अन्य सदस्य राष्ट्रहरूसँगै नेपाल पनि उपाध्यक्ष पदमा निर्वाचित भएको छ ।

परमाणु हतियारको खतरा विश्वभर कायम रहिरहेको अवस्थामा नेपालले उक्त सन्धिप्रति आफ्नो प्रतिबद्धता पुनः दोहो-याएको संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ । 

नेपालले यस सन्धिलाई विश्वव्यापी परमाणु निःशस्त्रीकरण, प्रसार नियन्त्रण तथा परमाणु ऊर्जा र प्रविधिको शान्तिपूर्ण प्रयोगको आधारस्तम्भका रूपमा लिँदै आएको छ ।

नेपालले मानवताको हितका लागि परमाणु प्रविधिको सुरक्षित र जिम्मेवार उपयोगमा जोड दिँदै अन्तर्राष्ट्रिय सहकार्य अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको नियोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप