शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

इरान युद्धले रसायन आपूर्ति अवरुद्ध भएपछि बढ्यो सर्किट बोर्डको मूल्य

मङ्गलबार, १५ वैशाख २०८३, ११ : ५९
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • अमेरिका-इजरायल र इरानबीचको द्वन्द्वले विश्वव्यापी आपूर्ति शृङ्खलालाई असर गर्दा प्रिन्टेड सर्किट बोर्ड (पीसीबी) को मूल्य बढेको छ।
  • पीसीबी बनाउन प्रयोग हुने कच्चा पदार्थ उच्च शुद्धता भएको पोलिफेनिलिन इथर (पीपीई) रेजिनको उत्पादन इरानको आक्रमणपछि रोकिएको छ।
  • साउदी रसायन कम्पनी एसएसबीआईसीले उत्पादन पुनः सुरु गर्न नसक्दा पीसीबीको मूल्य अप्रिलमा करिब ४० प्रतिशतले बढेको छ।

तेहरान । अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति शृङ्खला चौपट भएको छ । यसका कारण प्रिन्टेड सर्किट बोर्ड (पीसीबी)को मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ । 

पीसीबी प्रायः सबै इलेकट्रोनिक उपकरणहरूमा प्रयोग हुने आधारभूत कम्पोनेन्ट हो । यो मूल्यवृद्धिको मुख्य कारण अप्रिलको सुरुमा इरानले साउदी अरेबियाको जुबैलस्थित पेट्रोकेमिकल कम्प्लेक्समा गरेको आक्रमण हो । उक्त आक्रमणपछि उच्च शुद्धता भएको पोलिफेनिलिन इथर (पीपीई) रेजिनको उत्पादन रोकिएको थियो, जुन पीसीबी बनाउन प्रयोग हुने महत्त्वपूर्ण कच्चा पदार्थ हो ।

साउदी रसायन कम्पनी एसएसबीआईसीले विश्वको करिब ७० प्रतिशत उच्च शुद्धता भएको पीपीई उत्पादन गर्दै आएको छ । तर आक्रमणपछि कम्पनीले उत्पादन पुनः सुरु गर्न सकेको छैन, जसले विश्वभर यसको अभाव चर्काएको छ । 

यस आपूर्ति संकटका कारण अप्रिल महिनामै पीसीबीको मूल्य मार्चको तुलनामा करिब ४० प्रतिशतसम्म बढेको अमेरिकी बहुराष्ट्रिय बैंक गोल्डम्यान श्याख्सको नोटलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले एउटा समाचार छापेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजाज असरफ
एजाज असरफ
लेखकबाट थप
एजेन्सी
एजेन्सी
लेखकबाट थप