अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन : रास्वपा सांसद कार्की
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन्।
- उनले सरकारले ल्याएको अध्यादेश संविधानको अक्षरमा आधारित भए पनि मर्ममा आधारित नभएको टिप्पणी गरेका छन्।
- कार्कीले यसअघिका सरकारले अध्यादेश ल्याउँदा आफूले उठाएका प्रश्नहरू अहिले पनि जीवित रहेको उल्लेख गरेका छन्।
काठमाडौँ । रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन् । बालेन शाह नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चौतर्फ विरोध भएको समयमा कार्कीको यो धारणा आएको हो ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'सरकारले ल्याएको अध्यादेशको बारेमा मेरो धारणा माग्दै र मौनतामा मलाई नै प्रश्न गर्दै मेन्सन, म्यासेज गर्ने सबै साथीहरूप्रति मलाई गौरव छ । विधिको प्रश्न र जबाफदेहिताको अपेक्षाले मित्रताको मिठासलाई बेस्वादिलो बनाउँदैन भन्ने बुझेका सबैप्रति सम्मान र प्रेम छ । रह्यो अध्यादेश सिफारिस भएको भन्ने कुरा, झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन । '
उनले थप भनेका छन्– 'अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन । संविधान अक्षरले बाँच्ने दस्ताबेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।'
यसअघिका सरकारले अध्यादेश ल्याउँदाखेरि आफूले उठाएका प्रश्नहरू अहिले पनि जीवित रहेको उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण