बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरानले २१ जनालाई मृत्युदण्ड र चार हजारलाई पक्राउ गर्‍याे : राष्ट्रसङ्घ

बुधबार, १६ वैशाख २०८३, २१ : ५९
बुधबार, १६ वैशाख २०८३

काठमाडाैँ । इरानले पश्चिम एसिया युद्ध सुरु भए देखि कम्तिमा २१ जनालाई मृत्युदण्ड दिनुका साथै चार हजार भन्दा बढीलाई पक्राउ गरेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।

गत फेब्रुअरीको अन्त्यमा भएको आक्रमणको कारण युद्ध सुरु भए देखि सन् २०२६ जनवरीमा विरोध प्रदर्शनको क्रममा कम्तिमा नौ जनालाई मृत्युदण्ड दिइएको जनाइएको छ । यसै गरी थप १० जनालाई विपक्षी समूहको सदस्यता लिएको आरोपमा र दुई जनालाई जासुसीको आरोपमा मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घको अधिकार कार्यालयले जनाएको छ ।

यसैबिच चार हजार भन्दा बढी मानिसहरूलाई राष्ट्रिय सुरक्षा सम्बन्धी विषयका आधारमा पक्राउ गरिएको अनुमान गरिएको छ।

द्वन्द्वको क्रममा धेरै कैदीहरू जबरजस्ती बेपत्ता, यातना वा क्रूर, अमानवीय र अपमानजनक व्यवहार को सिकार भएको बताएको छ । संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले आरोपको जबरजस्ती स्वीकारोक्ति लगायतका गम्भीर आरोपले इरानी जनताको अधिकार सिमित गरेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन्। उनले अधिकारीहरूलाई थप मृत्युदण्डमा रोक लगाउन, उचित प्रक्रियाबाट निष्पक्ष परीक्षणको पूर्ण ग्यारेन्टी सुनिश्चित गर्न र मनमानी ढङ्गले हिरासतमा राखिएका व्यक्तिहरूलाई तुरुन्तै रिहा गर्न आह्वान गरेका छन् । 

एम्नेस्टी इन्टरनेसनल लगायतका अधिकार समूहहरूले इरानले प्रत्येक वर्ष विभिन्न आरोपमा मानिसहरूलाई मृत्युदण्ड दिदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप