च्याम्पियन्स लिग सेमिफाइनलः पहिलो लेगमा एट्लेटिको म्याड्रिड र आर्सनल १–१ को बराबरी
सारांश
- युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लेगमा एट्लेटिको म्याड्रिड र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका छन् ।
- खेलको ४४औँ मिनेटमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
- ५६औँ मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई बराबरीमा ल्याए ।
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लेगको खेलमा स्पेनी क्लब एट्लेटिको म्याड्रिड र इंग्लिस क्लब आर्सनलले १–१ गोलको बराबरी खेलेका छन् ।
बिहीबार एट्लेटिकोको घरेलु मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलको पहिलो हाफको अन्त्यतिर अर्थात् ४४ औँ मिनेटमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा घरेलु टोली एट्लेटिको म्याड्रिड खेलमा फर्कियो । खेलको ५६औँ मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमै गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र दुवै टोलीले अंक बाँडेका छन् ।
यस बराबरीसँगै फाइनल प्रवेशको निर्णय अब दोस्रो लेगको खेलबाट हुनेछ । पहिलो लेग बराबरीमा सकिएकाले दुवै टोलीका लागि फाइनल पुग्ने अवसर उत्तिकै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण