श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
सारांश
- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा जिम्मेवार बन्न आग्रह गरेका छन् ।
- उनले आठ घण्टा कार्यदिनको मागसहित अमेरिकाको शिकागोमा मजदुरहरूले गरेको ऐतिहासिक संघर्षको स्मरण गरे ।
- प्रचण्डले श्रमिक वर्गका हक, हित र अधिकारको संरक्षणमा पार्टी प्रतिबद्ध रहेको र सरकारलाई श्रममैत्री नीति सुनिश्चित गर्न आग्रह गरे ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा जिम्मेवार बन्न सरकारलाई आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले आठ घण्टा कार्यदिनको मागसहित अमेरिकाको शिकागोमा मजदुरहरूले गरेको ऐतिहासिक संघर्षको स्मरण गरे ।
उनले शुभकामना सन्देशमा भनेका छन्– 'यस महत्वपूर्ण घडीमा, नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदुर र सुकुमबासीका हक, हित र अधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव स्पष्ट र प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछ। श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिकमैत्री नीतिहरू सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दछु।'
'श्रमिकहरूको ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा कुनै पनि प्रकारको संकुचनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता विषयमा सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी बनोस्', सन्देशमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण