सरकारले फेरि राष्ट्रपति कार्यालय पठायो अर्को अध्यादेश
सारांश
- काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जारी गर्न सिफारिस गरेको छ ।
- यसअघि राष्ट्रपति कार्यालयमा जारी गर्न सिफारिस भएका ८ अध्यादेशमध्ये २ अध्यादेश जारी भइसकेका छन् ।
- हालसम्म राष्ट्रपति पौडेलले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरिसकेका छन् ।
काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अर्को अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जारी गर्न सिफारिस गरेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो । सरकारले राष्ट्रपति कार्यालयमा जारी गर्नका लागि सिफारिस गरेको यो आठौँ अध्यादेश हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यले नयाँ अध्यादेशको रूपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको रातोपाटीलाई जानकारी दिए ।
उनले अहिलेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ८ अध्यादेश जारी गर्नका लागि सिफारिस भएर राष्ट्रपति कार्यालयमा पुगेको र २ अध्यादेश जारी भएको जानकारी दिए ।
बाँकी ६ अध्यादेश भने अध्ययनको क्रममा रहेको उनले बताए । हालसम्म राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरिसकेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
-
अब ‘डिजिटल त्रिवि’ : विद्यार्थीले लाइन बस्न नपर्ने !
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण